👆
   . ०१:३६ PM |   Thu 25 Apr, 2024 . 07:51 AM

इङ्ग्ल्याण्ड क्वाटरफाइनलमा, शनिबार फ्रान्ससँग खेल्ने





लण्डन। इङ्ग्ल्याण्ड जारी विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार कतारको अल बयात रङ्गशालामा भएको खेलमा इङ्ग्ल्याण्डले सेनेगललाई ३-० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

इङ्ग्ल्याण्डका लागि खेलको ३८औं मिनेटमा जोर्डन हेन्डर्सनले गोल गर्दै अग्रता दिलाए भने पहिलो हाफको अतिरिक्त समयमा हेरी केनले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । साथै, खेलको ५७औं मिनेटमा बुकायो साकाले थप एक गोल गर्दै इङ्ग्ल्याण्डलाई तीन गोलको अग्रता दिलाए । त्यसपछि खेलमा कुनै गोल हुन सकेन र खेल इङ्ग्ल्याण्डले ३-० ले जित्यो ।

इङ्ग्ल्याण्डले अब शनिबार क्वाटरफाइनलमा फ्रान्ससँग खेल्नेछ ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?