👆
   . ०५:३६ PM |   Fri 19 Apr, 2024 . 11:51 AM

महाकाली मिचेर संरचना निर्माणबारे भारतलाई नेपाल सरकारको कूटनीतिक नोट





काठमाडौँ : नेपाल सरकारले भारतलाई महाकालीको बहाव नेपालतर्फ धकेलेर भारतले अनधिकृत पक्की संरचना बनाएको विषयमा कूटनीतिक नोट पठाएको छ । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित भारतीय राजदूतावासलाई मंगलबार दिउँसो कूटनीतिक नोट पठाएको हो ।

यस विषयमा भारत सरकारको ध्यानाकर्षण र दुई पक्षबीच सहजीकरण गराउन सोमवार गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको थियो।

परराष्ट्रका एक अधिकारीका अनुसार भारतलाई पठाएको कूटनीतिक पत्राचारमा नेपालको सहमतिबिना संरचना बनाइएको र यसले नेपालतर्फ क्षति पुगेको उल्लेख गर्दै सीमा क्षेत्रमा संरचना निर्माण गर्नु परे दुवै देशको सहमति र समन्वय हुन पर्ने उल्लेख गरिएको छ।

यसका साथै, सीमा क्षेत्रमा यस्ता घटना नदोहोरियोस् भन्ने उद्देश्यले कूटनीतिक रुपमा दीर्घकालीन समाधान खोज्नुपर्ने नोटमा उल्लेख छ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?