👆
   . १०:४९ AM |   Thu 18 Apr, 2024 . 05:04 AM

चितवन, बारा र तनहुँमा वैशाख १० मै उपनिर्वाचन गर्ने निर्णय





काठमाडौँ : निर्वाचन आयोगले बारा र तनहुँमा पनि वैशाख १० गते नै उपनिर्वाचन गर्ने निर्णय गरेको छ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले चितवन २ सहित बारा २ र तनहुँ १ मा वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय भएको जानकारी दिए।

‘आज बसेको बैठकले चितवन २, बारा २ र तनहुँ १ मा वैशाख १० मै उपनिर्वाचन गर्ने निर्णय गरेको छ,’ उनले भने।

गत मंसिर ४ मा भएको चुनावमा चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, बारा २ मा तत्कालीन जसपा केन्द्रीय कार्यकारिणी समिति सदस्य रामसहायप्रसाद यादव र तनहुँ १ मा तत्कालीन नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।

नागरिकता मुद्दामा लामिछानेको पद सर्वोच्चले बदर गरिदिएको थियो। तनहुँ १ बाट निर्वाचित पौडेल फागुन २५ मा राष्ट्रपति निर्वाचित भएका थिए भने बारा २ बाट निर्वाचित यादव चैत ३ मा उपराष्ट्रपति निर्वाचित भएका थिए।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?