👆
   . ०४:१६ AM |   Thu 13 Jun, 2024 . 10:31 PM

लण्डनको फोरेस्ट हिलमा खुल्यो - आमा सुसी





लण्डन। स्वास्थ्य खानाको लागि परिचित सुसीको नयाँ स्वाद सहित लण्डनको लुइशम बरोको फोरेस्ट हिलमा "आमा सुसी" रेस्टुरेन्ट संचालनमा आएको छ। गत शुक्रबार स्थानीय काउन्सिलर बिली हार्डिंगले उक्त रेस्टुरेन्टको एक समारोहबीच रिबन काटेर औपचारिक समुद्घाटन गरेका थिए।उक्त अवसरमा काउन्सिलर हार्डिंगले फोरेस्ट हिलमा एक थप व्यवसाय संचालनमा आएकोमा खुसी ब्यक्त गर्दै आफ्नो व्यक्तिगत तर्फबाट र लुइशम बरो काउन्सिलको तर्फबाट सक्दो सहयोग पुर्याउने भन्दै शुभकामना ब्यक्त गरेका थिए।

सुसी खानाको छेत्रमा बिगत दुईदशक भन्दा लामो समयको अनुभव संगालेका नेपाली सेफको स्वामित्वमा उक्त रेस्टुरेन्ट संचालनमा आएको हो। उद्घाटनकै दिन स्थानीय ग्राहकहरु आमा सुसीमा "टेक अवे"का लागि घुँइचो लागेका थिए। स्वदिस्ट खानाको साथै कस्टमर सर्भिस पनि राम्रो रहेको छ।खाना अर्डर गर्न आएका ग्राहकहरुले रेस्टुरेन्टको भित्रि सजावटको समेत तारिफ गरेका थिए।

फोरेस्ट हिल ओभर ग्राउण्ड ट्रेन स्टेशनको नजिकै जब सेन्टरको सामुन्ने आमा सुसी छ। आमा सुसीको लण्डनका अन्य ठाउहरुमा समेत फ्रेंचाइज खोल्ने लक्ष्य लिइएको छ र फ्रेंचाइज खोल्न इच्छुक व्यक्तिहरुले सम्पर्क गर्न सक्ने संचालकले बताए । सुसी र अन्य खाना तथा थप जानकारी र अर्डरका लागि यो www.amasushi.co.uk वेब साइटमा क्लिक गर्न सक्नु हुनेछ।हाललाइ १० प्रतिशत सम्म छुट रहेको छ र नेपालीहरुलाई बिशेष छुट दिने व्यवस्था रहेको छ। https://maps.app.goo.gl/yXGfsC4Q5vSZX5r87?g_st=com.google.maps.preview.copy