👆
   . ०८:४४ AM |   Thu 18 Jul, 2024 . 02:59 AM

पत्रकार महासंघ यूकेको निर्वाचन थप बिबादमा : स्थगित गर्न केन्द्रको निर्देशन





लण्डन । नेपाल पत्रकार महासंघले विदेशस्थित सबै शाखाका अधिवेशनहरु रोक्न निर्देशन दिएको छ ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलद्धारा जारी पत्रमा ‘नेपाल पत्रकार महासंघ २७ औं महाधिवेशन सम्पन्न गरी महासंघको तीनै तहको नयाँ नेतृत्व चयनका लागि निर्वाचनको चरणमा रहेको यहाँलाई विदितै छ । तसर्थ महासंघको निर्वाचन अगाडि त्यस शाखाको अधिवेशन नतोक्न र सदस्यता वितरण गर्ने कार्यलाई पनि स्थगित गर्न’ अनुरोध गरिएको छ ।



महासंघको जेष्ठ २३ गते जारी पत्राचार अनुसार नेपाल पत्रकार महासंघ बेलायत लगायतका सबै शाखाको अधिवेशन स्थगित तथा निर्वाचन प्रकृया रद्ध भएका छन् । नेपाल पत्रकार महासंघ यूके शाखाको अधिवेशन आइतवारको लागि तय गरिएको छ ।

यसैबीच ,महासंघ यूकेका बरिष्ठ उपाध्यक्ष दिनेश परियारले शाखामा सदस्यता विवाद यथावत रहेको र केन्द्रीय प्रतिनिधि समेत नतोकिएको अवस्थामा आइतवार हुने सबै निर्वाचन प्रकृया स्थगन भएको जनाएका छन् ।

शाखाको नेतृत्वका लागि उम्मेदवार बनेका श्याम लुइँटेलले नेपाल पत्रकार महासंघ केन्द्रको निर्देशन अनुसार अघि बढ्दा सबै हित हुने बताए । उनले आबेगमा नभएर समझदारीमा काम गर्न आग्रह गरेका छन् ।

महासंघ यूके शाखाका तत्कालिन अध्यक्षद्वय ध्रुर्वराज अर्याल र बिपिन निरौला बीचको सहमती अक्षरस पालना गर्न प्रेस युनियन लगायत स्थानीय र केन्द्रले जोड दिदै आएका छन्।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?