👆
   . ०३:२६ AM |   Sat 12 Oct, 2024 . 09:41 PM

नेपाल पत्रकार महासंघ बेलायतको बढ्दो बिबाद : केन्द्रको निर्वाचन लगत्तै नयाँ अधिबेशन र निर्वाचन हुने




पत्रकारलाई धम्की

लण्डन। नेपाल पत्रकार महासंघ बेलायतको नाममा फर्जी गतिविधि संचालन गरेको एक समूहले बेलायतस्थित सकृय पत्रकारहरुलाई कार्यवाही गर्ने धम्की दिएको छ ।

बैठकले महाधिवेशन पश्चात केहि असन्तुष्ट साथीहरुले शाखाको नाम, लोगो र फेसबुक पेजको अनाधिकृत प्रयोग गरि समाजमा अनर्गल प्रचारप्रसार भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै कार्यवाहीको धम्की दिएको हो।

यस किसिमको अवैधानिक र अनाधिकृत कार्यमा संलग्न नहुन सम्बधित सदस्यलाई आग्रह गर्दै बैठकले आगामी दिनमा यस्ता कार्यमा संलग्न भएको देखिए कारवाही गर्न वाध्य हुने चेतावनी पनि दिएको छ।

नेपाल पत्रकार महासंघको केन्द्रीय निर्देशन विपरित कथित महाधिवेशनको घोषणा गरेको बेलायतस्थित नेपाली पत्रकारहरुको एउटा समूहले तीन जनालाई सल्लाहकार मनोनयन गरेको छ ।

२५ जुलाई बिहीबार फर्जी निर्वाचन मार्फत शतप्रतिशत भोट प्राप्त गरेर अध्यक्ष घोषणा गरिएकी विमला सेनेको अध्यक्षतामा सम्पन्न भर्चुअल बैठकले शाखाका केवल तीन पूर्व अध्यक्षहरु लाई मात्र सल्लाहकार नियुक्त गरेको हो।यस अघि एक दर्जन भन्दा बढी सल्लाहकारहरु नियुक्ति हुदै आएकोमा यसपटक पुर्व अध्यक्षहरु चिरन शर्मा र बिपिन निरौला, पूर्व बरिष्ठ उपाध्यक्ष श्याम लुइंटेल तथा बीबीसी नेपाली सेवामा कम गरि सक्नु भएका बरिष्ठ पत्रकार भगिरथ योगी लगायत धेरै पत्रकारहरुले सेने अध्यक्ष रहेको कार्यसमितिले बिधि बिधान बिपरित अधिबेशन र निर्वाचन सम्पन्न गरेको ठहर गरेको बुझिएको छ।

बरिष्ठ उपाध्यक्ष दिनेश परियारको संयोजत्वमा नेपाल पत्रकार महासंघ यूकेको छैटौ महाधिवेशनको तयारी समिति गठन गरिएको जनाइएको छ । महासंघ केन्द्रको पत्र विपरित एउटा समूहले फानवरोमा अधिवेशनको घोषणा गरेपछि लण्डनमा सम्पन्न भेलाले तयारी समिति घोषणा गरेको हो । यसअघि नेपाल पत्रकार महासंघले विदेशस्थित सबै शाखाहरुको अधिवेशन रोक्न निर्देशन दिएको थियो । परियारले नेपाल पत्रकार महासंघ यूकेले केन्द्रको पत्रको निर्देशन मानेर अघि बढ्ने प्रतिबद्धता जनाए । उनले आगामी केही दिनमा केन्द्र र असन्तुष्ट पक्षसँग छलफल गरेर महाधिवेशन मिति तय गरिने बताए ।

बेलायतमा रहेका नेपाली पत्रकारहरुको हकहित, अधिकारीको लागि आवाज बुलन्द गर्ने र सबैलाई एउटै छातामा संगठित गर्ने उद्देश्यले स्थापित नेपाल पत्रकार महासंघ बेलायतको विशेष भेला १४ जुलाई २०२४ मा सम्पन्न भएको थियो।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?