डार्टफोर्डमा नेपाली नागरिकता सम्बन्धी अन्तरक्रिया (फोटो फिचर सहित)
लण्डन । नेपाली नागरिकता सम्बन्धी एक अन्तरक्रिया कार्यक्रम डार्टफोर्डमा सम्पन्न भएको छ। सोमबार सम्पन्न उक्त कार्यक्रममा गैरआवासीय नेपाली संघ(एनआरएनए)का केन्द्रिय अध्यक्ष डा. बद्री केसीले सम्पूर्ण गैरआवासीय नेपालीहरूले नागरिकता लिनुपर्ने र अब छिट्टै नै सरकारले नेपाली नागरिक सरह सेवा सुविधा पाउनेगरी विधेयक ल्याउनको लागि पहल गरिरहेको बताए।
उक्त अन्तरक्रिया कार्यक्रममा उपस्थित सहभागीहरुद्वारा राखिएका जिज्ञाशाको जबाफ दिदै प्रमुख अतिथी डा.केसीले हामीले नेपाल जाँदा भिजा लिनुपर्ने, लगानी गर्दा भोग्नुपर्ने कठिनाइ, बैंक एकाउन्ट खोल्दा भोग्नुपर्ने कठिनाई लगायतका सबै समस्याहरु अब छिट्टै सहज हुने बताए।
एनआरएनए नागरिकता निरन्तरता विभाग प्रमुख रामशरण सिमखडाले नेपाली नागरिकता सम्बन्धी समस्याहरूमा आफ्नो धारणा प्रस्तुत गरेका थिए।
कार्यक्रम एनआरएनए केन्द्रीय सदस्य तथा नागरिकता विभागका सचिव डाक्टर मुकुन्द बास्तोलाले सञ्चालन गरेका थिए भने एनआरएनए युके सचिव तिलक भट्टराईले स्वागत तथा धन्यबाद ज्ञापन गरेका थिए।
उक्त कार्यक्रममा सोसाइटी अफ नेपलीज प्रोफेसनल्सका अध्यक्ष गजेन्द्र कटुवाले पनि यसै एजेन्डामा आफ्नो पूर्व कार्यक्रमको निष्कर्षमा आधारित प्रतिक्रिया दिएका थिए। प्रश्न-उत्तर कार्यक्रममा डार्टफोर्ड लगायत साउथ इस्ट लन्डनबासी बुध्धिजीबीहरुको बाक्लो उपस्थिति थियो। उक्त कार्यक्रममा एनआरएनए केन्द्रका सल्लाहकार चिरञ्जीवी ढकाल, डार्टफोर्ड नेपाली समाजका अध्यक्ष डा बिना पाण्डे घिमिरे, डा बच्चु कैलाश कैनी लगायत थुप्रै समाजसेवीहरूको बाक्लो उपस्थिति थियो। उक्त कार्यक्रम सम्पूर्ण उपस्थित अग्रजहरूले निकै फलदायक रहेको बताए।