पुडासैनीको अध्यक्षतामा पहिलो बैठक सम्पन्न, प्रवक्तामा श्याम लुइँटेल

लण्डन । एनआरएनए यूकेको प्रवक्तामा श्याम लुइँटेल मनोनयन भएका छन्। नयाँ कार्यसमितिको आइतवार बसेको पहिलो बैठकले लुइँटेललाई प्रवक्ताको जिम्मेवारी दिएको हो।
नवनिर्वाचित अध्यक्ष राजेन्द्र पुडासैनी निर्वाचित भएको दिन नै पहिलो बैठक बसेको र त्यस बैठकमा केही महत्वपूर्ण निर्णयहरू गरिएको प्रवक्ता लुइँटेलले जानकारी दिए।
लुइँटेल नेपाल पत्रकार महासंघ, बेलायत शाखाका पूर्व वरिष्ठ उपाध्यक्ष हुन्। उनी विगत २० वर्षदेखि नेपाली पत्रकारिता क्षेत्रमा सक्रिय छन्।
नवनिर्वाचित १२औं कार्यसमितिले शपथग्रहणसगै पदभार ग्रहण गरेको छ । आइतबार अल्डरसटस्थित एम्पायर हलमा आयोजित अधिवेशन तथा घोषणसभामा नवनिर्वाचित अध्यक्ष राजेन्द्र पुडासैनी नेतृत्वको टिमको पदस्थापन गरिएको हो ।
शनिबार सम्पन्न अनलाइन निर्वाचनबाट चुनिएका अध्यक्षसहित खुला उपाध्यक्ष दुई, उपाध्यक्ष एक (स्कटल्यान्ड), महासचिव, सचिव दुई, आइसीसी सदस्य तीन जना र इंग्ल्यान्ड राज्य परिषद अध्यक्ष एक जना गरि जम्मा ७ पद तथा यसअघि नै निर्विरोध अन्य पदाधिकारीसहित सिंगो कार्यसमितिको शपथग्रहण गराइएको हो । अन्तरराष्ट्रिय समन्वय परिषद् (आईसीसी) सदस्यहरुको सपथ ग्रहण भने आईसीसी कार्यसमितिमा अक्टोबरमा हुनेछ । यूकेबाट भुसाल, अर्याल र खरेल आईसीसी सदस्य छन ।
निर्वाचन समितिका प्रमुख आयुक्त रामशरण सिम्खडाले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई शपथग्रहण गराएका थिए भने सदस्य सचिव श्याम लुईंटेलले कार्यसमितिको नाम पढेर सुनाएका थिए । निर्वाचन समितिका सदस्यहरु राजन खकुराल र विमल गुरुङले माला र प्रमाणपत्र प्रदान गरे ।
पुडासैनी नेतृत्वको नवनिर्वाचित कार्यसमितिको खुला उपाध्यक्षमा डा रक्षा थापा र उज्ज्वल कार्की तथा स्कटल्यान्ड क्षेत्रबाट रामप्रसाद कंडेल, वेल्स क्षेत्रबाट कृष्ण भण्डारी एवं नर्दन आयरल्यान्ड क्षेत्रबाट लिलाराम निउरे उपाध्यक्ष बनेका छन् । महिला उपाध्यक्ष कमला श्रेष्ठ र महासचिवमा दिवाकार पाण्डे निर्वाचित भएका छन्।
सचिवमा डिएन खराल र कृष्ण देवकोटा, महिला सचिवमा छमकला न्यौपाने पोखरेल, कोषाध्यक्षमा सरोज थापा, सहकोषाध्यक्ष दीपक तिमल्सिना, महिला संयोजकमा बिनु लामिछाने र युवा संयोजकमा वासुदेव पोखरेल निर्वाचित भएका छन् ।
त्यसैगरी, कार्यसमिति सदस्यमा लोकनाथ अधिकारी, गोपीप्रसाद सापकोटा, दीपक गैरे, विष्णुभक्त भट्टराई, दुर्गाप्रसाद काफ्ले, बालकृष्ण भुषाल, दिनेश परियार, मोहन ओली, शिवकान्त खराल, झपेन्द्र सापकोटा र प्रमोद भण्डारी छन्।
बेलायतबाट प्रतिनिधित्व गर्ने आइसीसी सदस्यहरुमा विष्णु खरेल, तुंगभद्र भुषाल र छविलाल अर्याल निर्वाचित भएका छन् ।
राज्य समन्वय परिषदअन्तर्गत इंग्ल्यान्डमा राममाया विष्ट, स्कटल्यान्डमा शेर केसी, वेल्समा विकास रानाभाट र नर्दन आयरल्यान्डमा पूर्णेश्वर कंडेलको नेतृत्वमा कार्यसमिति निर्वाचित भएका छन् ।
यसैबीच, नव निर्वाचित अध्यक्ष पुडासैनीको अध्यक्षतामा बसेको बैठकले बुझबुझारथका लागि निवर्तमान कार्यसमितिलाई अनुरोध गर्ने निर्णय गरेको छ । बैठकले प्रवक्तामा लुईटेललाई मनोनित गरेको छ ।
अध्यक्ष राजेन्द्र पुडासैनी
उपाध्यक्ष (खुला) डा रक्षा थापा र उज्ज्वल कार्की
उपाध्यक्ष स्कटल्यान्ड क्षेत्रबाट रामप्रसाद कंडेल,
उपाध्यक्ष वेल्स क्षेत्रबाट कृष्ण भण्डारी
उपाध्यक्ष नर्दन आयरल्यान्ड क्षेत्रबाट लिलाराम निउरे
महिला उपाध्यक्ष कमला श्रेष्ठ
महासचिवमा दिवाकार पाण्डे
सचिवमा डिएन खराल र कृष्ण देवकोटा
महिला सचिवमा छमकला न्यौपाने पोखरेल
कोषाध्यक्षमा सरोज थापा
सहकोषाध्यक्ष दीपक तिमल्सिना
महिला संयोजकमा बिनु लामिछाने
युवा संयोजकमा वासुदेव पोखरेल
प्रवक्ता श्याम लुईटेल
कार्यसमिति सदस्यहरु
दीपक गैरे
विष्णुभक्त भट्टराई
लोकनाथ अधिकारी
गोपीप्रसाद सापकोटा
दुर्गाप्रसाद काफ्ले
बालकृष्ण भुषाल
दिनेश परियार
मोहन ओली
शिवकान्त खराल
झपेन्द्र सापकोटा
प्रमोद भण्डारी