👆
   . ०१:२८ PM |   Sat 17 Jan, 2026 . 07:43 AM

ब्रिटिश खबर-सामुदायिक संवादमा कार्यपत्र सहित सार्थक छलफल : बेलायतका सर्बोत्कृष्ट पांच संस्थालाई सम्मान




लण्डन : अंग्रेजी नयाँ बर्ष २०२६ को शुभ अवसर पारेर बेलायतबाट बिगत ५ बर्ष देखि निरन्तररुपमा संचालन हुदै आएको नेपाली अनलाईन पत्रिका ब्रिटिश खबर डटकमको आयोजनामा शनिबार 'सामुदायिक संवाद' कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा बेलायतमा स्थानीय निकायहरुले प्रदान गर्ने सेवा, ब्रिटिश इमिग्रेशन कानूनमा गर्न लागिएको परिवर्तन, गोर्खाहरुको योगदान, बेलायतमा नेपाली विद्यार्थीका समस्या तथा नेपालमा जेन जी आन्दोलन पछिका सम्भावना, लगायतका विषयमा केहि कार्यपत्र सहितका प्रस्तुति तथा अन्तरक्रिया गरिएको थियो। रोयल बरो अफ ग्रिनिचको द उलविच सेन्टर, काउन्सिल भवनको द ग्यालरीमा उक्त कार्यक्रम भएको हो।

अन्तरक्रियालाई सम्बोधन गर्दै बेलायतका लागि नेपालका कार्यवाहक राजदूत बिपिन दुवाडीले स्थानीय नेपाली समुदायका समस्याहरू उठाउँदा आफ्नोजरा नबिर्सन सुझाव दिए । उनले गोर्खा सैनिकले नेपालको प्रतिष्ठा अभिवृद्धि गरि रहेको बताउंदै ब्रिटिश सेनाबाट सेवानिवृत्तभूतपूर्व गोर्खा सैनिकका माग हरुको सम्बन्धमा ब्रिटिश सरकारसँग वार्ता जारी रहेको बताए । दूतावासले सामुदायिक संस्थाहरुसँग सहकार्य गर्दै नेपाली विद्यार्थीहरूलाई सहयोग गर्न सक्दो प्रयास गरिरहेको पनि उनले बताए ।कार्यवाहक राजदूत दुवाडीले पत्रकारहरूले समुदायमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको भन्दै पत्रकारिताका नैतिक मूल्यहरू पालना गर्न सुझाव दिए। "समाजलाई मार्गदर्शन गर्ने, भविष्यउन्मुख दृष्टिकोण प्रस्तुत गर्ने र समाधानको बाटो देखाउने भूमिका पनि पत्रकारिताको हो," उनले भने।

कार्यक्रमको सभापतित्व गरिरहेका समाजसेवी चिरञ्जीवी ढकालले साथीहरुसंग मिलेर सन् १९९२ मा ‘सगरमाथा टाइम्स’ नामक हस्तलिखित मासिक पत्रिका प्रकाशन गरिएको स्मरण गरे। "पत्रकारहरूले हाम्रो समाज र समुदायलाई निरन्तर योगदान दिइरहेका छन्। त्यसैले पत्रकारिता क्षेत्रलाई पनि समुदायले सहयोग गर्नु पर्छ," उनले भने।

कार्यक्रम संचालन गर्दै ब्रिटिश खबरका सम्पादक एबम प्रकाशक बिपिन निरौलाले अनलाइन पत्रिका संचालनका समस्याहरुका बिषयमा प्रकाश पार्दै सम्पूर्ण समुदायको हितका लागि पत्रकारिता गरीरहेको र सो निरन्तर जारी रहने बताए।

ब्रिटिश सेनाबाट अवकाशप्राप्त लेफ्टिनेन्ट कर्नेल टोल खाम्चाले गोर्खाहरूले विगत २१० वर्षदेखि बेलायती सेनामा सेवा गर्दै आएको स्मरण गर्दै भारतीय गोर्खा, ब्रिटिश गोर्खा र नेपाली गोर्खा सबैले आआफ्नो फरक भूमिकामा योगदान दिइरहेको बताए ।३६ वर्षसम्म बेलायती सेनामा सेवा गरेका खाम्चाले गोर्खाहरूले नेपाल र बेलायतबीचको सम्बन्ध निर्माण र सुदृढीकरणमा अत्यन्त महत्वपूर्ण भूमिका खेलेको जनाए ।

रिटायर्ड लेफ्टिनेन्ट कर्नेल खाम्चाले गोर्खा आफैमा एक ब्रान्ड बनिसकेको बताउंदै बेलायती जनताले गोर्खाहरूलाई विशेष सम्मानका साथ हेर्ने गरेको बताए । "यो सम्मान कसैले दिएर पाएको होइन, कमाएर हासिल गरिएको हो। गोर्खाहरु मेहनती, निष्ठावान् र अत्यन्त साहसी हुन्छन्। हाल चार हजार गोर्खा सैनिकहरू ब्रिटिश सेनामा सेवा गरिरहेका छन्। उनीहरू ब्रिटिशसेनाको‘मुकुटका गहना’ हुन्," उनले भने।

आफ्नो प्रस्तुतिमा रोयल बरो अफ ग्रिनिचका पूर्व मेयर काउन्सिलर जित रानाभाटले काउन्सिलरहरूले आयोजना गर्ने सर्जरीमासहभागी हुन वा इमेलमार्फत सम्पर्क गर्न सुझाव दिए । "काउन्सिलरहरू नै तपाईंको पहिलो सम्पर्क बिन्दु हुन्। स्थानीय काउन्सिलरहरूले सम्बन्धित विभागसँग समन्वय गरी व्यवहारिक रूपमा एक साताभित्र प्रतिक्रिया दिलाउने प्रयास गर्छन्। स्थानीय सरकारका लागि प्रत्येक बासिन्दाको आवाज अत्यन्त महत्वपूर्ण हुन्छ। कुनै पनि चिन्ता वा गुनासो भए आफ्ना स्थानीय काउन्सिलर वा काउन्सिलसँग सम्पर्क गर्नुस्," उनले भने।

May be an image of television, speaker, newsroom and text
यसैगरी रोयल बरो अफ ग्रिनिच काउन्सिलका नेता काउन्सिलर एन्थोनी ओकेरेकेले नेपाली समुदाय एक सफल र सबल समुदायको रूपमा रहेको बताए। उनले नेपाली समुदायको सहनशीलता र शक्तिकोप्रशंसा गर्दै समुदायलाई अझ बलियो कसरी बनाउन सकिन्छ भनेर छलफल गर्न सुझाव दिए। काउन्सिलले अपराध घटाउन, उद्यम विकास गर्न, सरसफाई रविशेष आवश्यकता भएका बालबालिकाका लागि उल्लेख्य बजेट छुट्याएको उनले जनाए।"अपराधका साना घटनाहरू धेरैजसो रिपोर्ट हुँदैनन्। यदि हामी सबैले रिपोर्ट गर्‍यौँ भने ती विषयले ध्यान र प्राथमिकता पाउनेछन्," उनले भने।


आप्रवासन सम्बन्धी कानुनमा संशोधन

आप्रवासन सम्बन्धी कानुनमा संशोधनकालागि गरिएका नयाँ प्रस्तावहरुबारे प्रस्तुति दिंदैसोलिसिटर दीपक भट्टराईले
ब्रिटिश सरकारले 'अर्न्डसेटलमेन्ट' नामक नयाँ अवधारणा सुरु गरेको बताए।उनले अब सेटलमेन्ट (आइएलआर)प्राप्त गर्न विभिन्न शर्त पुरा गर्नु पर्ने बताउंदै यी प्रस्तावहरु अहिले परामर्श(कन्सल्टेशन) कै चरणमा रहेको बताए । उनले नयाँ आइएलआर प्रणालीका चार मुख्य आधारस्तम्भहरु चरित्र, एकीकरण/समावेशीकरण, योगदान र बसोबास अवधि रहेको बताए।उनले अब अंग्रेजी भाषा स्तर बी २ ( आइइएलटीएस ५.५ वा सो बराबर) गर्न प्रस्ताव गरिएको पनि जनाए।उनले भूतपूर्व गोर्खा सैनिक, तिनका परिवार र ब्रिटिश न्याशनल ओभरसिज (बीएनओ) लाई अहिलेको प्रस्तावले कुनै असर नगर्ने पनि बताए।

बेलायतका विभिन्न विश्वविद्यालयहरुमा रहेका नेपाली सोसाइटीहरुको छाता संस्था, मर्जिंग नेपसक्स, का अध्यक्ष पवन कडेलले उच्च शिक्षाका लागि बेलायत आउने नेपाली विद्यार्थीहरूको संख्या सन् २००० मा करिब १,२७० रहेकोमा सन् २०२४ मा त्यो संख्या बढेर झन्डै१३,०००पुगेको बताए । उनले नेपाली विद्यार्थीहरुले भाडा र घरधनीसम्बन्धी समस्या, नेसनल इन्स्योरेन्स, न्यूनतम ज्याला, शैक्षिक अनियमितता र पोस्ट स्टडी वर्क सम्बन्धी समस्या हरु व्यहोरी रहेको बताए।यस बाहेक कतिपय विद्यार्थीहरुलेमानसिक स्वास्थ्य, घरबारविहीन अवस्था, ठगी/मनी लन्डरिङ, तथा मृत्यु जस्ता जटिल समस्याहरू पनिव्यहोरी रहेको उनले बताए।स्पन्सरशिपका सीमित अवसरहरू, बीचमैपढाइ छोड्ने (ड्रप–आउट) र अनिश्चित भविष्य मुख्य चुनौतीको रुपमा रहेको पनि उनले जानकारी दिए ।

अध्यक्ष कडेलले नेपालको राजनीतिक र आर्थिक अवस्थाले विद्यार्थीहरूलैविदेश जान बाध्य बनाउने ‘पुश फ्याक्टर’को रूपमा काम गरिरहेकोबताउंदैविद्यार्थीहरुलाईप्रस्थानपूर्व युकेको अवस्थाबारेअभिमुखीकरण दिइनु पर्ने बताए।उनले शैक्षिक परामर्शदाता, विद्यार्थीहरू रसरकारबीचसमन्वय हुनु पर्ने पनि बताए।

यसै गरी लन्डनमा बसोबास गर्ने युवा निश्चल ढकालले तयार गरेको "विश्वव्यापी सन्दर्भमा जेन जी आन्दोलन र त्यसको प्रभाव" बारेको कार्यपत्र पढेर सुनाइएको थियो।

एनआरएनए आईसीसीका अध्यक्षद्वय डा. बद्री केसी र महेश श्रेष्ठले कार्यक्रमको सफलताको कामना गर्दै शुभकामना पठाएका थिए ।

सर्बोत्कृष्ट पांच संस्थालाई सम्मान


सोही अवसरमा पांच संस्थाहरुलाई सम्मान गरिएको थियो। ब्रिटेनस्थित नेपाली समुदायको उन्नयनमा पुर्याएको योगदानको कदर गर्दैतमु धिं युके, पासा पुच: गुथी युके,सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स युके,ब्रिटेन नेपाल लयर्स एसोसियसन रमर्जिंग नेपसक्स युकेलाई सम्मान गरिएको थियो। उक्त प्रकारको संस्थागत सम्मान आगामी दिनमा समेत जारी रहने तथासमाजमा योगदान दिने थप संस्था र व्यक्तित्वहरुलाई समेत सम्मान गरिने छ।त्यसैगरी ब्रिटिश खबरलाई स्थापनाकाल देखिनै सहयोग गर्ने संस्था, व्यक्ति र विज्ञापनदाताहरुलाई समेत प्रमाण पत्र र मायाको चिनो प्रदान गरिएको थियो।

कर्यक्रममा बीबीसी नेपाली सेवामा काम गरीसक्नु भएका अग्रज पत्रकार भगीरथ योगीले विभिन्न कार्यपत्रहरूबारे सल्लाह, सुझाब , विश्लेषणका साथै मोडरेटरको रुपमा सहयोग प्रदान गर्नु भएको थियो। अग्रज पत्रकार योगीको मार्गदर्शन र विशेष सहयोगका लागी ब्रिटिश खबरले हार्दिक धन्यबाद एबम आभार ब्यक्त गर्दछ। साथै कार्यक्रममा प्रत्यक्ष उपस्थित भएर सल्लाह, सुझाब र सहयोग गर्ने सम्पूर्ण संघ, संस्था र व्यक्तित्वहरुलाई समेत हार्दिक धन्यबाद एबम आभार ब्यक्त गर्दै आगामी दिनमा समेत सहकार्य गरेर अघि बढ्ने प्रण गर्दछ।

May be an image of newsroom, dais and text

May be an image of text

May be an image of ‎one or more people, newsroom and ‎text that says "‎DED Da 5 Suin 時 Talea1Ro B. HA ትቀ፡ Rear) .. 0sm ناسو 仙 BRITISHKHABAR KHABAR ब्रिटिशखबर बिशीष L सामुदायिक बहस कार्यक्रम Com Discussion 2026 ก hConira Comire ฝุ kondonhepaiews ndonhepe eWs 0‎"‎‎

May be an image of newsroom and text

May be an image of crowd

May be an image of one or more people and crowd

(तस्बिरहरु : दीपक भट्टराई, लन्डन नेपाल न्यूज)




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?