👆
   . ०२:०० PM |   Sat 17 Jan, 2026 . 08:15 AM

एनआरएनए यूके प्रमुख संरक्षकमा चिरन्जीबी ढकाल, संस्थागत रुपमा ब्यबस्थित ढंगले अघि बढाउने अध्यक्ष पुडासैनीको प्रतिबद्धता




लण्डन। गैरआवासीय नेपाली संघ बेलायत(एनआरएनए यूके)का अध्यक्ष राजेन्द्र पुडासैनीले संघलाई संस्थागत रुपमा ब्यबस्थित ढंगले अघि बढाउने प्रतिबद्धता ब्यक्त गरेका छन्।
अध्यक्ष पुडासैनीले स्कटल्याण्डमा हालै भौतिक रुपमा सम्पन्न कार्यसमितिको पूर्ण बैठक र नयाँ वर्ष २०२६ को अवसरमा शुभकामना साँझ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको ब्रिटिश खबर संगको संक्षिप्त कुराकानीमा बताए। बैठकका निर्णयहरु आगामी दिनमा एनआरएनए यूकेको एक आधिकारिक ईमेलमार्फत सबै मिडियाहरुलाई एकैपटक भेदभाव नगरी, सही र सत्य सुचना सम्प्रेषण गरिने समेत दृढता ब्यक्त गरेका छन्।
एनआरएनए यूकेको प्रमुख संरक्षकमा चिरञ्जीवी ढकाललाई नियुक्त गरेको पनि अध्यक्ष पुडासैनीले पुष्टि गरे। ढकाल एनआरएनए अन्तरराष्ट्रिय समन्वय परिषद् (आईसीसी) का संस्थापक सचिब, बर्तमान सल्लाहकारका साथै बिगतमा एनआरएनए यूकेको प्रमुख निर्वाचन आयुक्त एबम केन्द्रिय समितिको समेत पुर्व तथा बर्तमान निर्वाचन समिति सदस्य हुन्। सामाजिक एबम धार्मिक व्यक्तित्व ढकाल बेलायतको सबैभन्दा पुरानो संस्था यती नेपाली एसोसीएशनको पुर्व अध्यक्ष , विश्व हिन्दु महासंघ युके लगायतका संघ संस्थामा आबद्ध छन्।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?