👆
   . १२:३८ PM |   Sat 17 Jan, 2026 . 06:53 AM

एनआरएनए यूएसए २ समिति विवाद : युवा तथा खेलकुद मन्त्रीको भ्रमण र कार्यक्रम औपचारिक रहेको केन्द्रको विज्ञप्ति






लण्डन। नेपालका युवा तथा खेलकुद मन्त्रीको अमेरिका भ्रमण तथा कार्यक्रमसम्बन्धी अमेरिकामा रहेका दुई राष्ट्रिय समन्वय परिषद्ले एक एर्का लाई लक्षित विवादमा केन्द्रले सफाई सहित क्षमा मागेको छ। कन्द्रीय अध्यक्षद्वय डा बद्रि केसी र महेश श्रेष्ठद्वारा संयुक्त रुपमा जारी एक विज्ञप्तिमा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई औपचारिक निमन्त्रण गरेको र अमेरिकामा कार्यक्रम समेत भएको प्रस्ट पारेको छ।

प्रेस विज्ञप्तिमा भनीएको छ -" गैरआवासीय नेपाली संघमा विगतमा देखिएका आपसी असमझदारीहरू अन्त्य गर्दै केन्द्रमा बृहत् एकताको सम्झौता सम्पन्न भइसकेको तथा राष्ट्रिय समन्वय परिषद्हरू (NCC) समेत एकताको प्रक्रियामा सहभागी भइरहेको जानकारी गराउँदछौँ। यद्यपि, विकास उप्रेतीको अध्यक्षतामा गठित राष्ट्रिय समन्वय परिषद् (NRNA NCC USA)र सत्येन्द्र शाहको अध्यक्षतामा गठित राष्ट्रिय समन्वय परिषद् (NRNA NCC USA)बीच आपसी समन्वयको अभावका कारण सिर्जना भएको पछिल्लो अवस्थाप्रति हामी क्षमाप्रार्थी छौँ।"

विज्ञप्ति जस्ताको त्यस्तै :
------------------------------------------------------------
प्रेस विज्ञप्ति
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (NRNA NCC USA) का तर्फबाट हालै सार्वजनिक भएका दुई फरक विज्ञप्तिहरूका कारण माननीय युवा तथा खेलकुद मन्त्रीज्यूको अमेरिका भ्रमण तथा कार्यक्रमसम्बन्धी विषयमा सञ्चार माध्यम तथा नेपाली समुदायमा केही भ्रम र अन्योल सिर्जना भएको प्रति भएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। यसबाट माननीय मन्त्रीज्यू, सम्बन्धित सरकारी निकायहरू, सञ्चार माध्यम तथा नेपाली समुदायमा पर्न गएको कुनै पनि प्रकारको असहजता, भ्रम वा अपूरणीय क्षतिप्रति गैरआवासीय नेपाली संघ क्षमाप्रार्थी छ।
यस सन्दर्भमा बिकास उप्रेतीको अध्यक्षतामागठितNRNA NCC USAले औपचारिक रूपमा कार्यक्रमका लागि माननीय युवा तथा खेलकुद मन्त्रीज्यूलाई आमन्त्रण गरेको जानकारी हामीले पाएको स्पष्ट पार्न चाहन्छौं। गैरआवासीय नेपाली संघमा विगतमा देखिएका आपसी असमझदारीहरू अन्त्य गर्दै केन्द्रमा बृहत् एकताको सम्झौता सम्पन्न भइसकेको तथा राष्ट्रिय समन्वय परिषद्हरू (NCC) समेत एकताको प्रक्रियामा सहभागी भइरहेको जानकारी गराउँदछौँ। यद्यपि, विकास उप्रेतीको अध्यक्षतामा गठित राष्ट्रिय समन्वय परिषद् (NRNA NCC USA)र सत्येन्द्र शाहको अध्यक्षतामा गठित राष्ट्रिय समन्वय परिषद् (NRNA NCC USA)बीच आपसी समन्वयको अभावका कारण सिर्जना भएको पछिल्लो अवस्थाप्रति हामी क्षमाप्रार्थी छौँ।
गैरआवासीय नेपाली संघनेपाली डायस्पोरालाई प्रतिनिधित्व गर्ने संस्था भएको नाताले नेपालको बदलिँदो राजनीतिक–सामाजिक परिस्थिति, साथै पछिल्लो Gen-Z आन्दोलनपश्चात् उत्पन्न राष्ट्रिय अवस्था र सम्भावनाहरूको सन्दर्भमा नेपाल सरकारमा Gen-Z को प्रतिनिधित्व गर्दै युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी सम्हालिरहनुभएका माननीय बब्लु गुप्ताज्यूलाई नेपाली समुदायसँग प्रत्यक्ष अन्तरक्रिया तथा विचार–विमर्श गर्न औपचारिक रूपमा आमन्त्रण गरिएकोर “Role of NRNA Youth in the Development of Nepal Post Gen-Z Revolution” शीर्षकमा माननीय मन्त्रीज्यूको विचार, अनुभव तथा नीतिगत दृष्टिकोणमार्फत विदेशमा रहेका नेपाली युवाहरूलाई नेपालको विकास प्रक्रियासँग अझ सशक्त रूपमा जोड्ने कार्यक्रमको उदेश्य रहेको बुझिएको छ l
गैरआवासीय नेपाली संघ सधैं संस्थागत मर्यादा, पारदर्शिता तथा जिम्मेवार सञ्चारप्रति प्रतिबद्ध रहेको स्पष्ट पार्दै, आगामी दिनमा यस्तो अवस्था पुनः नदोहोरिन सुनिश्चित गर्न आन्तरिक समन्वय तथा सूचना प्रवाह प्रक्रियालाई अझ व्यवस्थित र सुदृढ बनाइने प्रतिवद्धता पनि गर्दछौं।
धन्यवाद।


डा. बद्री केसी
अध्यक्ष

महेश कुमार श्रेष्ठ
अध्यक्ष

मिति : ९ जनवरी २०२६




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?